काठमाडौँ । विदेशबाट आयात गरिएका कृषिजन्य सामग्रीमा हानिकारक रोग तथा किरा फेला परेपछि सरकारले केरा, धनियाँ र एभोकाडोको आयातमा कडाइ गरेको छ।
केरामा ‘पनामा रोग’, चीनबाट आयातित धनियाँमा ‘खपराज’ किरा तथा युगान्डाको एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ रोग भेटिएपछि जैविक सुरक्षा मापदण्ड कडा बनाइएको हो।
यसैबीच, भारतबाट आयात हुने आँपका लागि ४८ डिग्री सेल्सियस तापक्रमको पानीमा एक घण्टा तातोपानी उपचार अनिवार्य गरिएको छ। सरकारले यस कदमले विदेशी रोग र किराको फैलावट रोक्न सहयोग पुग्ने जनाएको छ।
