काठमाडौं । बजेटमाथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री र मन्त्रीहरू संसद् बैठकमा निरन्तर अनुपस्थित हुने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ।
मन्त्रीहरूको अनुपस्थितिका कारण सोमबार र मंगलबार लगातार सांसदहरूले बैठकमै मन्त्रीहरूको खोजी गर्नुपरेको थियो। सम्बन्धित मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको कार्यवाहीसमेत प्रभावित बनेको छ।
प्रतिनिधिसभा नियमावलीले मन्त्रीको उपस्थिति अनिवार्य व्यवस्था गरे पनि बेवास्ता भइरहेकाले सभामुख बैठक स्थगित गर्न बाध्य भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्।
