तेहरान । इरानका विदेशमन्त्री Abbas Araghchiले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताका लागि लेबनानसहित सबै मोर्चामा जारी युद्धको अन्त्य अनिवार्य सर्त भएको बताएका छन्।
सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले पश्चिम एसियामा जारी सबै द्वन्द्व अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताए। उनका अनुसार कब्जा गरिएका क्षेत्रबाट इजरायली सेना फिर्ता नभएसम्म युद्ध समाप्त भएको मानिने छैन।
इरान र अमेरिकाबीच शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक सम्झौता हुने अपेक्षा गरिएको छ। अराघचीले सम्झौतापछि इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विस्तृत वार्ता सुरु हुने जानकारी दिएका छन्।
